Section 3
महाभियोगको प्रस्ताव पेश गर्न सक्ने

(१) देहायका अवस्थामा व्यवस्थापिकासंसदका कम्तीमा पच्चीस प्रतिशत सदस्यहरूले कुनै पनि संवैधानिक पदाधिकारीलाई पदबाट मुक्त गर्न निज उपर महाभियोगको प्रस्ताव पेश गर्न सक्नेछन्ः

(क) संवैधानिक पदाधिकारीको कार्यक्षमताको अभाव भएमा,

(ख) संवैधानिक पदाधिकारीको खराब आचरण भएमा, वा

(ग) संवैधानिक पदाधिकारीले आफनोे पदीय कर्तव्य ईमान्दारीपूर्वक पालना नगरेमा ।

(२) उपदफा (१) बमोजिम प्रस्ताव पेश गर्न चाहने सदस्यहरूले त्यस्तो प्रस्ताव पेश गर्नु परेको कारण र आधार खुलाई सो प्रस्ताव सहितको सूचना व्यवस्थापिकासंसदको महासचिव मार्फत व्यवस्थापिकासंसदको सभामुखलाई दिनु पर्नेछ ।

गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ द्वारा संशोधित ।

(३) उपदफा (२) बमोजिम प्रस्ताव साथ सम्भव भएसम्म सो कुरालाई पुष्टि गर्ने प्रमाण समेत पेश गर्नु पर्नेछ ।

(४) उपदफा (२) बमोजिमको प्रस्ताव प्राप्त भएपछि सभामुखले सो प्रस्ताव व्यवस्थापिकासंसदको बैठकमा पेश गर्ने र छलफल गर्ने दिन तथा समय तोकी सोको सूचना व्यवस्थापिकासंसदको सदस्यलाई दिनु पर्नेछ ।